अष्ट्रेलिया र न्यूजिल्यान्ड टी-२० विश्वकपको फाइनलमा
काठमाडौं – आईसीसी टी-२० विश्वकपको उपाधिका लािग अष्ट्रेलिया र न्यूजिल्यान्ड भिड्ने भएका छन् । सेमिफाइनलका खेल जित्दै दुवै टिम फाइनल प्रवेश गरेका छन् ।
बिहीवार सम्पन्न खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले फाइनलमा न्यूजिल्यान्डसँगको भेट पक्का गरेको हो।
पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बने । दुवैले गुमिसकेको खेललाई पूनारागमन गराए । उनीहरुले ८१ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे। वेडले १७ बलमा २ चौका र ४ छक्का प्रहार गरे। स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्का प्रहार गरे।
अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक थियो । १९औं ओभरमा शाहिन शाह अफ्रिदीलाई वेडले अन्तिम ३ बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए ।
तीव्र गतिका बलर अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए।
कप्तानलाई ‘गोल्डेन डक’ गुमाएपनि डेभिड वार्नरले आक्रामक इनिङ्सका साथ अघि बढाएका थिए । वार्नरले सर्वाधिक ४९ रन बनाए ।
प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ००:०८
साझा बिसौनी ।