ए डिभिजन लिग सर्यो, अब मंसिर ३ गतेदेखि
काठमाडौं – ए डिभिजन लिग फुटबल प्रतियोगिता पर सरेको छ। कार्तिक २९ गतेका लागि तय गरिएको लिगको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति सारेको हो ।
यस सिजनको लिग मंसिर ३ गतेदेखि सुरु हुने एन्फाले जनाएको छ । अब लिगका खेलहरु शुक्रबार, शनिबार र आइतबार मात्र खेलाइनेछ ।
‘क्लबहरूसँगको सल्लाहमा साताको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको हो’, एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, ‘अब लिगको सबै खेल शुक्रबार, शनिबार र आइतबार मात्रै हुनेछ।’
एन्फाका अनुसार उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स क्लब खेल्नेछन् ।
प्रकाशित मितिः २५ कार्तिक २०७८, बिहीबार २३:५४
साझा बिसौनी ।