पाँच स्रष्टाले पाउँदैछन एक लाख रुपैयाँको देवकोटा पुरस्कार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ सालका लागि प्रदान गरिने महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार पाउने पाँच जना स्रष्टाको नाम सार्वजनिक गरेको छ।

जनही एक लाख राशिको देवकोटा पुरस्कार पाउने पाँच जना स्रष्टामा डा। वानिरा गिरी ९कविता०, कृष्ण गौतम ९निबन्ध र समालोचना०, परशु प्रधान ९आख्यान र नाटक०, वासुदेव मुनाल ९बाल साहित्य, लोक साहित्य० र नगेन्द्रराज शर्मा ९साहित्य सेवातर्फ० रहेको मन्त्रालयले जनाएको छ।

२०६८ मा सरकारले स्थापना गरेको महाकवि देवकोटा पुरस्कार हरेक वर्ष पाँच जना व्यक्तित्वलाई वितरण गरिन्छ।

महाकवि देवकोटा पुरस्कार मापदण्ड तथा कार्यविधि बमोजिम गठित महाकवि देवकोटा पुरस्कार चयन समितिले गरेको सिफारिसअनुसार मन्त्रिस्तरको निर्णयबाट पुरस्कार दिने निर्णय भएको पर्यटन मन्त्रीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए।