सुशील कोइराला पछिकै गरिब प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री रहँदा सुशील कोइराला उनको सम्पत्तिका कारण पनि चर्चामा आएका थिए । प्रधानमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरणमा उनको नाममा तीन वटा मोबाइल मात्र रहेको जनाइएको थियो ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा भने तीन तोला सुन देखाइएको छ । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।

श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनको परिवारको नाममा रहेको एक कट्ठा जमीन र तीन तोला सम्पत्ति पनि स्वआर्जन नभएर पैतृक रहेको उक्त विवरणमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरेको छ । उक्त विवरणले प्रधानमन्त्री दाहाललाई सबै भन्दा गरिब देखाएको हो ।

प्रकाशित मितिः   २९ मंसिर २०७३, बुधबार १८:०३