तीन वर्षमा चार सय दुर्घटना, तीन सयको मृत्यु

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा परेर तीन सयभन्दा बढीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/७७ यता मात्रै तीन सय ४६ जनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई सय ३६ सवारी दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको थियो भने चार सय ७२ जना घाइते भए  ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा दुई सय ९१ वटा दुर्घटना भए । जसमा ९८ जनाको मृत्यु भयो भने चार सय ४३ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्रै सवारी दुर्घटनामा परेर ६१ जनाले ज्यान गुमाइसकेका छन् । ८७ वटा दुर्घटना भएका छन् । एक सय ८३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २२ कार्तिक २०७८, सोमबार १०:०८