बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमवार भएको मतदानमार्फत् उनले आफ्नो पक्षमा बहुमत सिद्ध गरेका हुन्।

पाण्डेले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ५९ मत परेको थियो। त्यस्तै, प्रस्तावको विपक्षमा ४३ र तटस्थमा २ मत परेको थियो। मतदानमा एक सय ४ जना सांसद उपस्थित भएका थिए।

बागमती प्रदेश सभाको आकार एक सय १० सदस्यीय भएपनि एमाले सांसद् पशुपति चौलागाईंको निधन भएपछि अहिले एक सय ९ जना मात्रै सांसद छन्। जसमध्ये एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका तर्फबाट स्वतन्त्र सांसद एक जना छन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७८, सोमबार १७:५३