‘मिल केपी-प्रचण्ड मिल देउवा दाई’

b-pangeni-copy

यतिमेला मुलुकमा राजनीतिक ध्रुविकरण छ । संविधान संशोधनको विषयमा दलहरु एकमत हुन सकेका छैनन् । सत्तारुढ दलहरुले संविधान संशोधनको पक्षमा छन् भने प्रमुख प्रतिपक्ष एमालेलगायतका अन्य दलहरु भने यसको विपक्षमा उभिएका छन् । केही समयदेखि नियमित संसद अवरुद्ध हुँदै आएको छ ।

मुलुकको राजनीतिक अवस्थालाई आफ्नो गीतमा प्रस्तुत गर्दै गायक बद्रि पंगेनीले दलहरुलाई मिल्न आव्हान गरेका छन् । सुर्खेतमा सञ्चालित अन्र्राष्ट्रिय मेलामा गायक पंगेनीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई मिल्नका लागि आव्हान गरेका हुन् । उनले गीतमार्फत भने, ‘मिल केपी–प्रचण्ड मिल देउवा दाई, एकताको खाँचो छ अहिले देशलाई ।’

बद्रिले नेताहरुलाइ मिल्नको लागि अाव्हान मात्रै गरेनन नेपालीले भोगेका पीडालाइ गीतमार्फत प्रस्तुत गरेर दर्शकलाइ रुवाए ।  परेदेशिएका छोराहरुको कथा र छोराको पखाईमा बसेका आमाहरुको पीडालाई आफ्नो गीतमार्फत प्रस्तुत गर्दै मेला हेर्न आएका आमाहरुलाई रुन बाध्य बनाए । बद्रिको गीतमा आफ्नो पीडा समेटिएको पाएपछि कतिपय महिलाहरु भक्कानिएर रोएका थिए ।

पंगेनीले विभिन्न बाध्यताले परदेशीन पुगेका नेपाली छोराहरुको कथालाई समेटेको ‘आमा विदा पाउँदिन’ बोलको गित गाउँदा मेला हेर्न पुगेका महिलाहरुले आँसु नै झारेका थिए । खुलामञ्चमा भेला भएका दर्शकहरु भावुक भए । केहीले त आँखाबाट आँसु नै बगाए । खुलामञ्चमा मेला हेर्न पुगेका अधिकांश आमाहरु (महिला) भक्कानिए । अधिकांश महिलाहरु आफ्नो आँशु पुछ्दै थिए । मेलास्थल भावुक नै बन्यो ।

मेलामा आफ्नो प्रस्तुती देखाउन आएका पंगेनीले मञ्चमा चड्ने वित्तिकै दर्शकलाई रुवाएका थिए । रोजगारीका लागि विदेशिनु पर्ने नेपाली युवाहरुको पीडालाई गित मार्फत व्यक्त गर्दै उनले प्रदेशिएका छोराका आमालाई मात्र नभई अरु दर्शकलाई पनि रुवाए ।

पंगेनीले दर्शकलाई रुवाएर मात्र छोडेनन् हसाँउनुका साथै नचाए पनि । रोएका दर्शकलाई हसाउँनको लागि उनले ‘रातो पछ्यौरी’, ‘पीनालु कोक्यायो’ लगायतका गीत गाएका थिए । जसलाई युवा दर्शकहरुले पनि सँगै गाएर तथा नाँचेर साथ दिएका थिए ।

आउँदो पुस ३ गतेसम्म सञ्चालन हुने मेलामा मंगलवार हास्यकलाकार जीतु नेपालले भने दर्शकलाई हसाँएका थिए ।