एमाले चिङ्गाडको अध्यक्षमा जिसी

सुर्खेत- नेकपा (एमाले) चिङ्गाड गाउँ कमिटीको अध्यक्षमा लोकबहादुर जिसी चयन भएका छन् । गाउँपालिकाको प्रथम अधिवेशनले जिसीको अध्यक्षतामा सर्वसम्मत ५९ सदस्यीय गाउँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा वीरेन्द्र थापा, सचिवमा लालबहादुर जिसी तथा उप-सचिवमा उदय बिसी र चेतबहादुर राना चयन भएका छन् ।

योसँगै सुर्खेतका तीन वटा पालिकामा एमालेले सर्वसम्मत रुपमा नेतृत्व छनोट गरेको छ ।

वीरेन्द्रनगर, बराहताल र चिङ्गाडमा सर्वसम्मत छनौट गरिएको छ भने अन्य स्थानमा पनि सर्वसम्मतिको प्रयास भइरहेको नेताहरुले जनाएका छन् ।

प्रकाशित मितिः   १६ कार्तिक २०७८, मंगलवार १८:३६