एमाले पालिका अधिवेशन : चौकुनेको अध्यक्षमा अधिकारी र शाहीको उम्मेदवारी
सुर्खेत – चौकुने गाउँपालिकामा नेकपा एमालेको नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सोमवारदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास गरिए पनि सहमति जुट्न नसक्दा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।
गाउँ कमिटीको अध्यक्षका लागि जिल्ला कमिटी सदस्यद्वय हरिप्रसाद अधिकारी र धीरबहादुर शाहीको उम्मेदवारी परेको छ । अध्यक्षसहित पाँच पदाधिकारीमा निर्वाचन हुने भएको हो ।
उपाध्यक्षमा शंकर कामी र डिल्लीसिं बिसीको उम्मेदवारी परेको छ भने सचिवमा केशर नाम्जाली, गंगा बिकले उम्मेदवारी दिएका छन् ।
दुई उपसचिवका लागि पाँचजनाको उम्मेदवारी परेको छ । जसमा तारा जैसी, जीवन तिरुवा, कमला सुनार, घनश्याम बम र नन्दराम रिजालले उम्मेदवारी दिएका हुन् । अहिले मतदान भइरहेको त्यहाँबाट नन्दराम खनालले जानकारी दिए ।
प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार १८:५२
साझा बिसौनी ।