मुख्यमन्त्रीको शपथ ग्रहण राति साढे आठ बजे
सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आज शपथ ग्रहण गर्दैछन् । राति साढे आठ बजे शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
शाहीले गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहितका २१ जना प्रदेशसभा सदस्यको समर्थनमा मंगलवार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेश गरेका थिए ।
मुख्यमन्त्रीमा दाबी पेशका लागि प्रदेश प्रमुख कलौनीले मंगलवार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए ।
मन्त्रीको टुङ्गो नलागेकाले आज मुख्यमन्त्रीले मात्रै शपथ ग्रहण गर्नेछन् । बुधवार मन्त्री नियुक्त गरिने जनाइएको छ ।
प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार १६:२७
जितेन्द्र थापा ।