एमाले वीरेन्द्रनगरको अध्यक्षमा खनाल

सुर्खेत – नेकपा (एमाले) वीरेन्द्रनगर नगर कमिटीको अध्यक्षमा निलकण्ठ खनाल चयन भएका छन् । आज सम्पन्न प्रथम नगर अधिवेशनले सर्वसम्मत रुपमा खनालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा गजबहादुर बुढा, सचिवमा मधुरानी ढकाल, सहसचिवमा सहवीर सुनार र भीम गुरुङ चयन भएका छन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १७:४९