प्रदेशबासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका छन् । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक लगत्तै विशेष सम्बोधन गर्ने तयारी भइरहेको उनका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।

प्रदेशबासीका नाममा सम्बोधन गर्दै शाहीले पदबाट राजीनामा घोषणा गर्ने बताइएको छ । त्यसअघि उनले मन्त्रिपरिषद्को बैठक राखेका हुन् ।

सत्तासाक्षेदार नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार शाहीले आजै राजीनामा घोषणा गर्न लागेका हुन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १८:२०