मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी
विराटनगर – प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनकाे आह्वान गरेलगत्तै उनले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।
प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । सोमवार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले नेपालको संविधानकाे धारा १६८ काे (२) बमाेजिम सरकारका लागि मंगलवार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलवार दिउँसो शपथ ग्रहण गराइने भएकाे छ ।
प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार १७:०९
साझा बिसौनी ।