कर्णाली सरकार फेरिने, मुख्यमन्त्रीले आजै राजीनामा दिँदै
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् । उनले आजै साँझ राजीनामा दिने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
यसअघि मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत लिदा नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति थियो । सोही सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।
६ महिनापछि सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमति कार्यान्वय गर्न शाहीले नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् ।
शाहीको राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।
गठबन्धनकातर्फबाट शाही मुख्यमन्त्री बन्ने भएका हुन् । कांग्रेस र माओवादीसहित (एकीकृत समाजवादी)पनि उक्त गठबन्धनमा सामेल छ ।
प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार १५:२६
साझा बिसौनी ।