भाइटीकाको साइत सार्वजनिक

टीका लगाउने उत्तम समय ११ बजेर २ मिनेटमा

काठमाडौंः यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा)को उत्तम साइत परेको हो ।

त्यस्तै, कार्तिक १६ मा यमदीपदान, १७ मा कागतिहार र कुकुरतिहार परेको छ । १८ गते लक्ष्मीपूजा छ । १९ गते गोवर्धनपूजाको दिन परेको समितिले बताएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हरेक वर्ष दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १३:०८