नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको लागि ६० जनाको आवेदन

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको छ । गएको सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि रिक्त पदका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आवेदन आह्वान गरेको थियो ।

विश्वभरबाट ६० जनाले आवेदन दिएको क्यानले जनाएको छ । क्यानले सोमवार विज्ञप्ति जारी गरेर ६० जनाको आवेदन प्राप्त भएको जानकारी दिएको हो । आवेदकमध्येबाट ‘सर्टलिस्ट’ गरेर छिट्टै अन्तर्वार्ता लिइने जानकारी क्यानले दिएको छ ।

वाटमोरको प्रशिक्षणमा नेपालले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो। त्यसयता नेपाली टीमले प्रशिक्षणसमेत गर्न पाएको छैन ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार ११:०३