विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

विराटनगर – प्रदेश नम्बर १ का मख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभामा मुख्यमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ

आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।

प्रदेशसभामा ९२ सदस्य रहेकोमा आचार्यले विश्वाको मत पाउनका लागि ४७ सदस्यको समर्थन आवश्यक पर्छ । तर अल्पमतमा परेका आचार्यसँग हाल ४१ मत मात्रै रहेकाले प्रदेशसभा बैठकअगावै आचार्यले राजीनामा दिने सम्भावना छ ।

आचार्यले राजीनामा दिएमा वा विश्वासको मत नपाएमा नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । गठबन्धनले आइतबार राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १०:५२