सुर्खेतमा एमालेको पालिका अधिवेशन आज

सुर्खेत : नेकपा(एमाले)ले आज सुर्खेतमा स्थानीय तहको नेतृत्व छनोट गर्दैछ । जिल्लाका नौ वटा स्थानीय तहमा गाउँ/नगर अधिवेशन गर्दैछ ।

अधिवेशनको तयारी पूरा भइसकेको छ । सबै तहमा सर्वसम्मत रुपमा नेतृत्व छनोटका लागि प्रयास भइरहेको नेताहरुले जनाएका छन् ।

पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको एमालेले देशभरका अधिकांश स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ । तयारी नपुगेको भन्दै सुर्खेतमा भने यसअघि निर्धारित अधिवेशन कार्यतालिका संशोधन गरेर आजलाई तोकिएको हो ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १०:३०