आजका प्रमुख सात समाचार

  • कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् अर्को ‍ऐन संशोधन गरेको छ । ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन-२०७६’ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलेको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज अध्यायदेश जारी गरेको हुन् ।

 

  • नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतवार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो । प्रदेशमा सबैभन्दा ठूलो दल समाजवादी नै रहेकोले सरकारको नेतृत्वमा दाबी गरिएको नेताहरुले बताएका छन् । सुदूरपश्चिममा अहिले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

 

  • प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राईलाई अघि सारेको छ । गत भदौ १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले सोमवार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । विपक्षी पाँच दलीय गठबन्धनले मुख्यमन्त्री आचार्यको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय समेत गरेको छ ।

 

  • आइतवार नेपालमा चार सय आठ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर सात हजार आठ सय ९९ नमुना परीक्षण गरिएको थियो । यस्तै कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ ।

 

  • मुगुको रारा विमानस्थलमा करिब १९ महिनापछि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गरेको छ । निगमको जहाजले आइतवारबाट नेपालगञ्जदेखि रारा विमानस्थलमा यात्रुसहित उडान सुरु गरेको हो । सातामा दुईवटा उडान गर्दै आएको निगमको जहाज विभिन्न कारण देखाएर उडान बन्द गर्दा यात्रु मर्कामा परेका थिए ।

 

  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम सुरु गरेकाे हाे । विरोधअन्तगर्गत वकिलहरुले कालाे पट्टी बाँधेर धर्ना सुरु गरेका छन् । बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ ।

 

  • एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। आइतवार भएको खेलमा लेबनानसँग नेपाल ४-० गोल अन्तरले पराजय भोग्न बाध्य भएको हो । तीन वटै खेलमा पराजित भएपछि नेपाल छनोट चरणबाटै बाहिरिएको छ ।
प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार १९:३०