अध्यादेशमार्फत अर्को ऐन संशोधन

सुर्खेत – कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् अर्को ‍ऐन संशोधन गरेको छ । ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन-२०७६’ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज अध्यायदेश जारी गरेका हुन् ।

प्रदेशसभा बैठक सञ्चालन नभएको बेला सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरिरहेको छ । केही दिनअघि मात्रै प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन पनि अध्यादेशमार्फत संशोधन गरिएको थियो ।

लामो समयदेखि प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार १९:०५