रावलले दिए लिखित राजीनामा

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको भन्दै उनले राजीनामा दिएका हुन्।

अध्यक्ष ओलीलाई सम्बोधन गर्दै उनले गत कार्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन् । एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो ।

१० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो । साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए । ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो। एमालेको सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले भनेका छन् ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार १३:४१