१२१ को मृत्यु, २८ जना बेपत्ता
काठमाडौं – प्राकृतिक विपदमा परेर दुई सातामै एक सय बढी नागरिकको ज्यान गएको छ । गृहमन्त्रालयका अनुसार कार्तिक महिनाको आधा अवधिमा विपद्का घटनाबाट एक सय २१ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र एक सय ७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण ठूलो मानवीय क्षति पुगेको हो ।
मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो ।
प्रकाशित मितिः १४ कार्तिक २०७८, आईतवार १२:१२
साझा बिसौनी ।