सर्वोच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध धर्ना

काठमाडौं –  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ ।प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम सुरु गरेकाे हाे ।

विरोधअन्तगर्गत वकिलहरुले कालाे पट्टी बाँधेर धर्ना सुरु गरेका छन् । बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार १२:०३