मन्टेश्वरी तालिम

सुर्खेत, २६ फागुन । (साबिस)
विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले मन्टेश्वरी तालिम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिम बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । आठराई पब्लिकेशनको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । तालिममा प्रशिक्षक गायत्री रानाले प्रशिक्षण दिएकी थिइन् । तालिममा जिल्लामा रहेका ५० वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो । निजी विद्यालयबाट १ सय १५ जना सहभागी भएको आयोजक शेरबहादुर खड्काले जानकारी दिए । तालिमको संयोजन प्याब्सन र एनप्याब्सन सुर्खेतले गरेका थिए ।