बागीनामा नयाँ नेतृत्व
बागीना समूह सुर्खेतमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवारको भेलाले कलाकार डिलबहादुर गुरुङ्गको अध्यक्षतामा नौ सदस्यीय समिति छनोट गरेको हो । सल्लाहकार समितिको प्रस्तावमा कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ ।
कार्यसमितिको उपाध्यक्षमा कलाकार जरमाया बाठा र सचिवमा भानुभक्त अधिकारी चयन भएका छन् । यस्तै, सह–सचिव ज्ञानबहादुर नेपाली र कोषाध्यक्ष मिलन सुवेदी बनेका छन् । कार्यसमिति सदस्यमा सुन्दरमान श्रेष्ठ, सीता भण्डारी, खिम बस्याल, मनु मन्दिर, शेरबहादुर गाइने र प्रकाश शाही रहेका छन् । कार्यसमिति चयन कार्यक्रममा वरिष्ठ कलाकार तथा बागीनाका सल्लाहकारहरू भिमबहादुर कार्की, गंगाबहादुर केसी, प्रेमदेव गिरी लगायतको सहभागिता थियो । भेलामा पूर्व अध्यक्ष गोविन्द कोइराला, ललित सिंजाली, पूर्व कार्यसमितिका पदाधिकारीहरू पनि सहभागी थिए ।
त्यस्तै, वरिष्ठ कलाकार उमालाल आचार्य, यज्ञ गिरी, कुलमान नेपाली, खम्वराज गिरी, गणेश बस्नेत, निलमणी भारती, मञ्जु मेदासी, दिनेश पन्त, दिपक नेपाली, यामबहादुर श्रेष्ठ लगायतको पनि कार्यसमिति छनोट भेलामा उपस्थिति रहेको थियो । बागीना समूहले विगत लामो समयदेखि कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनसँगै विभिन्न साँस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मितिः १४ कार्तिक २०७८, आईतवार ०५:०४
साझा बिसौनी ।