इतिहास अध्ययनको केन्द्र : सुर्खेत संग्रहालय

dsc05198

क्षेत्रीय संग्रहालय सुर्खेत २०४६ सालमा स्थापना भई २०५७ सालबाट प्रदर्शनीमा आएको हो । संग्रहालयमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विभिन्न जाती तथा जनजातिहरूको मौलिक पहिचान कायम हुने गरी विभिन्न कला संस्कृतिहरूको संरक्षण तथा सम्वद्र्धन गर्ने गरेको छ ।

dsc05196
यस क्षेत्रको ऐतिहासिक, पुरातात्तिवक र सांस्कृतिक महत्वका विभिन्न सामग्रीहरूको संकलन गरी बहुउद्देश्यीय, क्षेत्रीय संग्रहालयको रूपमा विकास र विस्तार गर्ने कार्य भइरहेको छ । यहाँ बहुसंख्यक र अल्पसंख्यक जाती र जनजातीको साँस्कृतिक प्रतिनिधित्व हुने गरी विभिन्न सामग्रीहरूको जीवन्त प्रदर्शनीको व्यवस्था गरिएको छ ।

dsc05189
संग्रहालयमा दुई वटा प्रदर्शनी कक्ष रहेका छन् । पहिलो कक्षमा ऐतिहासिक मुद्राहरू, पुराना भाडाकुँडाहरू, विभिन्न जातिका भेषभुष, मानापाथि, उैतिहासिक परम्परा झाँकिका समानहरू, लोपउन्मुख राउटे जातिका बारेमा जानकारी दिने विभिन्न सामानहरू, गारु र मगर जातिका परम्परा झल्किने मुर्तीहरू राखिएको छ ।

dsc05193
यस्तै दोस्रो कक्षमा काँक्रेविहारको उत्खनन गर्दा फेला परेका मुर्तीहरू राखिएका छन् । यस्तै विभिन्न जातीका परिचल झल्कने फोटोहरू राखिएको छ ।

dsc05192

मध्य तथा सुदूरपश्चिमको एक मात्र संग्रहालय भएपनि आवश्यक प्रचार प्रसारको अभावमा संग्रहालय प्राय सुनसान हुने गरेको छ ।

dsc05195विभिन्न विद्यालयबाट विद्यार्थीहरू र केही आन्तरिक व्यक्तिहरू छिटफुट् रूपमा अवलोकनका लागि आउने गरेको संग्रहालयले जनाएको छ । संग्रहालयलाई अझ व्यवस्थित गरी प्रचार प्रसार गर्न सके बाह्य पर्यटकहरूका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने छ ।

घुमफिर वर्ष २०७३ का लागि सुर्खेतको संग्रहालय पनि हेर्न र घुम्नलायक एक स्थल हो ।

प्रकाशित मितिः   २७ मंसिर २०७३, सोमबार १८:०१