देउवाको प्रस्ताव, ‘पुरानै संरचनामा स्थानीय चुनाव गरौं’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनाअनुसार स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् ।

चुनाव छिटो गर्नुपर्छ भन्नेमा एमाले पनि सहमत रहेको भन्दै पार्टी सभापति देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । देउवाले भने, ‘अहिलेकै गाविस, नगरपालिकाकै भएपनि चुनाव गराउनुपर्छ ।’

एमाले अध्यक्ष केपी ओलीसँग आइतबार भएको भेटमा चुनावबारे छलफल भएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘उहाँ (ओली) यसमा तयार हुनु भएको छ । राष्ट्रिय सहमति हुनसक्छ । त्यसैले अहिलेकै संरचना चुनाव गर्नुपर्छ ।’

मधेसी जनता कसैभन्दा कम राष्ट्रवादी नभएको भन्दै उनले मधेसी र पहाडीबीचमा झगडा नगराउनुस् भनेर ओलीलाई भनेको सुनाए । साथै उनले संविधान संशोधन विधेयक पास गराउन एमालेले समेत सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २७ मंसिर २०७३, सोमबार १६:१५