अनुदानमा गहुँको बिउ वितरण
सुर्खेत- गुर्भाकोट नगरपालिकाले किसानलाई ५० प्र्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने भएको छ । नगरपालिकाको कृषि शाखाले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्न लागेको हो । बिउ वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।
नगरभित्रका इच्छुक कृषक/कृषक समूह, सहकारी र कृषि फर्म सञ्चालकहरूले २०७८ कार्तिक १५ गतेसम्म कार्यालय समयभित्र कृषि शाखामा निवेदन पेस गर्न सक्नेछन् । आवेदन पेस गर्दा नागरिकताको प्रतिलिपि, समूह सहकारीको प्रतिलिपि, सहकारीको प्रमाण–पत्रको प्रतिलिपि मागिएको छ । त्यस्तै, कृषि फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि र पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार ०५:०१
साझा बिसौनी ।