यू-२३ एसियन कप छनोटमा नेपाल र ताजिकिस्तान भिड्दै

काठमाडौं – एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।

नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतवार खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार ११:२९