महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।
निर्वाचन समितिले कार्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ । कार्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको हो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँगको छलफलपछि कार्यतलिका संशोधन गर्न लागिएको हो ।
कांग्रेसले १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन गरिसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्मको अधिवेशन भइसकेको छ । बाँकीमध्ये १३ जिल्लामा वडा अधिवेशन भएको छैन ।
प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ११:१९
साझा बिसौनी ।