प्रशिक्षक अलमुताइरीको सम्झौता नवीकरण

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेका छन्।

अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । उनले सम्झौता एक वर्ष बाँकी रहँदै नवीकरण गरेका हुन् ।

कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएका थिए ।

माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

तर, फाइनल अघि प्रशिक्षक अलमुताइरीले फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए ।

अलमुताइरी माल्दिभ्सबाटै कुवेत फर्किएका थिए ।

प्रकाशित मितिः   १० कार्तिक २०७८, बुधबार १८:२३