काँक्रेविहार गोल्डकप सुरु
सुर्खेत – काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधवार वीरेन्द्रनगरमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
पालिकास्तरीय प्रतियोगिताको उद्घाटन खेलमा पञ्चपुरीले विजयी सुरुवात गरेको छ । पञ्चपुरीले गुर्भाकोटलाई २–० गोलअन्तरले हराएका हो । खेलको १० मिनेटमा विपक्षी टिमले आफ्नै पोष्टमा गोल गरेपछि पञ्चपुरीले अग्रता लिएको थियो । ३६ औं मिनेटमा महेन्द्र विकले दोस्रो गोल गरेर टीमको जीत सुनिश्चित गरे । उनी खेलको म्यान अफ द म्याच चुनिए ।
प्रतियोगितामा बिहिवार वीरेन्द्रनगर र सिम्ताबीच प्रतिस्पर्धा हुनेछ । काँक्रेविहार युवा क्लबले आयोजना गरेको प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए । प्रथम हुनेले उपाधिसहित एक लाख र दोस्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १८:३५
साझा बिसौनी ।