टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितको खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै आजकोव दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान र न्युजिल्याण्डबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो ।

न्युजिल्याण्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्याण्डको यो पहिलो खेल हो ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार ११:१२