आईपीएलमा दुई नयाँ टिम थपिए
काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दुई वटा टिम थपिएका छन् । थपिएका दुईसहित अब आईपीएलमा १० टिम सहभागी हुनेछन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमवार आईपीएलको आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
आईपीएल खेल्नका लागि बीसीसीआईले दुई फ्रेन्चाईज टिमलाई स्वीकृति दिएको हो । यससँगै अब अहमदाबाद र लखनऊले पनि आईपीएल खेल्नेछन् ।
लखनऊ र अहमदाबादलाई ठूला व्यापारिक समूहले खरिद गरेका छन्। सीभीसी क्यापिटल्सले अहमदाबादलाई ५ हजार ६ सय २५ करोड भारतीय रुपैयाँमा खरिद गर्दा गोयन्का ग्रुप (आरपीएसजी)ले लखनऊलाई ७ हजार ९० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
यसपटक आईपीएलमा मेघा अक्सन समेत हुँदैछ ।
प्रकाशित मितिः ९ कार्तिक २०७८, मंगलवार ११:०६
साझा बिसौनी ।