स्थानीय तहको उपनिर्वाचन गर्न नपर्ने

काठमाडौं – स्थानीय तहमा रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न उपनिर्वाचन नहुने भएको छ । निर्वाचन आयोगले अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने जनाएको छ । आयोगले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा स्थानीय तहको कार्यकाल सकिन धेरै समय बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने बताएको हो ।

तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएका छन् । यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार १७:३३