चैतमा स्थानीय निर्वाचन गर्न प्रस्ताव

काठमाडौं – स्थानीय तहको निर्वाचन आगामी चैत महिनामा गर्नका लागि छलफल सुरु भएको छ । निर्वाचन आयोगले सरकारसँग छलफल अघि बढाएको हो।

२०७४ मा तीन चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको अवधि आगामी जेठ ५ गतेदेखि सकिँदैछ। तर, निर्वाचन कार्यविधि अनुसार जनप्रतिनिधिहरुको ५ वर्षे पदावधि सकिनु दुई महिनाअघि नै नयाँ निर्वाचन मिति घोषणा गर्नुपर्ने भएकाले निर्वाचन आयोगले यस्तो प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य चार जना मन्त्री र निर्वाचन आयोगका पदाधिकारी छलफल गरेर नयाँ निर्वाचन मिति घोषणा तयारी गरेका हुन् । ‘निर्वाचन कानुन अनुसार पदावधि सकिनु २ महिनाअघि नै नयाँ निर्वाचन मिति घोषणा गर्नुपर्ने हुन्छ’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘पाँच वर्षे अवधि जेठ ५ गते सकिँदैछ।’

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार १७:१२