सर्वोच्चका न्यायाधीशद्वारा इजलास बहिष्कार

काठमाडौं : सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन्। सोमवार सर्वोच्चले इजलास तोकेको भएपनि उनीहरु काममा गएका छैनन् ।

न्यायाधीशहरुले बहिष्कार गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दिउँसो १: ३० बजेका लागि बोलाएको पूर्णबैठक (फूलकोर्ट) पनि अनिश्चित बनेको छ ।

प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका थिए। चौतर्फी विवादमा परेपछि प्रधानन्यायाधीश जबराले कानुन व्यवसायीको छाता संगठन नेपाल बारका पदाधिकारीसँग छलफल गरेका थिएन्।

जबराले करिब तीन घण्टाको छलफलमा ‘न्यायालय सुधार’का नाममा हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। सर्वोच्चको सोमबार बस्ने पूर्ण बैठक (फूलकोर्ट) मा उनले बारका पदाधिकारीलाई समेत आमन्त्रण गरेका थिए।

बहिष्कारजस्तो नदेखिने गरी इजलाससमेत छल्न बैठक गरेर अलमल्याउने रणनीति बनाएको भन्दै न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार १३:४६