चीनमा फेरि फैलियो कोरोना

काठमाडौं – चीनमा पुन: कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ ।

चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

गत हप्ता चीनमा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये एक सय ६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको हो ।

चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार १३:३१