भेरोसेलको दोस्रो मात्रा दिइँदै
वीरेन्द्रनगरमा भेरोसेल खोपको दोस्रो मात्रा कार्तिक ११ र १२ मा लगाइने
सुर्खेतः वीरेन्द्रनगर नगरपालिकामा यही कार्तिक ११ र १२ गते कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाएको २१ दिन पुगेकालाई दोस्रो मात्रा दिइने भएको हो । जारी सूचनाअनुसार नगरभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा खोप लगाइने छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । खोप केन्द्रमा आउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । साथै, पहिलो मात्रा लगाएको कार्डसहित खोप केन्द्रमा जानुपर्ने छ ।
साझा बिसौनी ।