इरानको सामना गर्दै नेपाल
काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।
इरानविरुद्ध नेपाल सुखद सुरुआत गर्ने योजनासहित मैदान उत्रँदै छ । छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताए ।
नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको नेपाल ५–० ले पराजित भएको थियो ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार ०९:५०
साझा बिसौनी ।