टी-ट्वान्टी विश्वकप : भारत र पाकिस्तान भिड्दै
काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (आइतवार) दुई खेल हुँदैछ । जसअन्तर्गत बहुचर्चित भारत र पाकिस्तानबीचको खेल आजै हुँदैछ । खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।
आजै हुने पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
दुबै टिम पहिलो चरणबाट आएका टिम हुन् । दुबै टिम सुपर १२ मा समेत जित निकाल्ने योजनामा मैदान उत्रने छन् ।
प्रकाशित मितिः ७ कार्तिक २०७८, आईतवार १०:१९
साझा बिसौनी ।