५४ जिल्लामा राप्रपाको अधिवेशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५४ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। राप्रपाको महाधिवेशन कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । त्यसअघि सबै जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ ।

अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कार्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ। स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ। निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ।

केही जिल्लामा भने महाधिवेशनमा प्रतिनिधि छनोटमा विवाद भएको छ । ती स्थानमा पुनः अधिवेशन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार १८:२८