विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात
काठमाडौं – टि-२० विश्वकपमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिवार सुपर १२ अन्तर्गतको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले जीतसहित प्रतियोगताको सुरुवात गरेको हो ।
अफ्रिकाले दिएको एक सय १९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोइनिसले २४, ग्लेन म्यासवेलले १८ र म्याथ्यु वेडले १५ रनको योगदान दिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा १ सय १८ रन मात्रै बनाएको थियो । अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ४० र कागिसो राबाडाले २० रन बनाए ।
आजै हुने दोस्रो खेलमा इङ्गल्याण्ड र वेस्टइण्डिज भिड्दैछन् ।
प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार १९:१७
साझा बिसौनी ।