दक्षिण अफ्रिकाको कमजोर प्रदर्शन, अष्ट्रेलियालाई ११९ रनको लक्ष्य

काठमाडौं : टि-२० विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गरेको छ । अष्ट्रेलियाविरुद्व टस हारेर  पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाले १ सय १९ रनको सामान्य लक्ष्य पाएको छ ।

अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ४० र कागिसो राबाडाले २० रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका जस हेजलवुड, एडम जाम्पा र मिचेल स्टार्कले २/२, तथा प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।

विश्वकप अन्तर्गत सुपर १२ का खेल आजदेखि सुरु भएको हो ।

आजै हुने दोस्रो खेलमा इङ्ग्ल्याण्ड र वेस्टइण्डिज भिड्दैछन् ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार १७:२७