बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते

सुर्खेत – बेवारिसे बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार १४:१५