मध्यरातमा अवैध काठसहित सात जना पक्राउ

जिल्ला वन कार्यालय सुर्खेतले अवैध रुपमा काठ ओसार पसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

गतराती वीरेन्द्रनगर १४ वामेखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सबै महिला छन ।

वन कर्मचारीहरूले २० थान सालको चिरान काठ ओसारिरहेकाबेला रातको साढे दुई बजे उनीहरुलाई पक्राउ गरिएको वन कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुमाथि छानविन गरी ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

रातको समयमा हुने काठ ओसार पसारविरुद्ध केही समयदेखि जिल्ला वन कार्यालय सुर्खेतले निगरानी बढाएको छ । रातको समयमा गस्ती गरी काठ तस्करीमा संलग्नहरुलाई पक्राउ गर्ने गरिएको छ ।

प्रकाशित मितिः   २६ मंसिर २०७३, आईतवार १७:०२