टी–२० विश्वकप : आजदेखि सुपर-१२

काठमाडौं – टी–२० विश्वकपको सुपर-१२ चरणका खेलहरू आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ ।

यो समूहका अन्य टोलीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । समूहका रहेका ६ टोलीमध्ये शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् ।

आज नै  दोस्रो खेलमा वेस्ट इन्डिज र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार ११:००