३३ जना अझै बेपत्ता

काठमाडौं – अविरल वर्षासँगै आएको बाढी-पहिरोमा परेर बेपत्ता भएकामध्ये ३३ जना अझै फेला परेका छैनन् । बेपत्ता हुनेहरुमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २० जना छन् ।

यस्तै प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एक/एक जना बेपत्ता भएका छन् ।

त्यसैगरी शनिवार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ ।

प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा एक सय ११ जनाको मृत्यु भएको हो।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार ११:२५