‘एस’को प्रदेश अध्यक्षमा थापा

सुर्खेत – नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा चयन भएका छन् । शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।

थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् । एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए ।

यो सँगै समाजवादीको कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ । यसअघि अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरिएसकिएको थियो । पार्टीका उपमहासचिव प्रकाश ज्वाला प्रदेश इञ्चार्ज छन् भने सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी रहेका छन् । ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार १०:५३