रावलले दिए राजीनामा

काठमाडौं – १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । नेकपा एमालेको शुक्रवार बसेको स्थायी कमिटी बैठकमा उनले राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको आरोप लगाउँदै उनले संयोजकबाट राजीनामा दिएका हुन् ।

राजीनामा लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि उनले बताए । ‘जुन कार्यदलको निर्णय मान्य हुँदैन । त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य छैन । यसैले मैले सो कार्यदलबाट राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । रावलले १० बुँदे सहमतिको पक्षमा मत राख्दै आएका छन् ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार १०:४५